काठमाडौं । प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवाले आज सदनमा जवाफ दिँदै छन् । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर सदनमा स्पष्ट पार्न माग गरेपछि प्रधानमन्त्रीले आज जवाफ दिँदै छन् ।
प्रमुख प्रतिपक्षी एमालेले पनि एसपीपीलाई लिएर चर्को विरोध गर्दै आएको छ । प्रतिनिधि सभामा हिजो मात्र कांग्रेस महामन्त्री गगनकुमार थापाले एसपीपीको विषयलाई गम्भीरतापूर्वक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै बजेटमा करको आरोप लागेपछि अप्ठेरोमा परेका अर्थमन्त्री जनार्दन शर्माले पनि आफ्नो जबाफ प्रतिनिधि सभामा राख्दै छन् । आज उनले अर्थ मन्त्रालय र बजेटलाई लिएर आफ्नो धारणा राख्ने कार्यक्रम छ ।साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिँदै छन् ।
Discussion about this post