Nirvik Khabar

बाटो अलमलमा परेकी महिलालाई आफन्तको पुर्याइदिन्छु भन्दै बन्धक बनाएर बलात्कार ः अत्याधिक रक्तश्राबका कारण महिलाको मृत्य

 सिन्धु ढकाल
चितवनको राप्ती नगरपालिकाका पुर्ण बहादुर घलानले बन्धन बनाएर शारिरिक यातना दिएकी एक महिलाको मंगलवार उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
काठमाण्डौबाट चितवन भण्डारास्थित भाउजुको घर जान लागेकी २७ बर्षीय महिला बाटो अलमलमा परेको बेला घलानले भाउजुको घर पुर्याइदिन्छु भनेर उनलाई बन्धक बनाएका थिए ।
लामो समयसम्म आफ्नै घरमा राखि सो महिलालाई पटक पटक बलात्कार गरेका घलानले चरम यौन हिंसाका कारण रत्तश्राब भएपछि भरतपुर अस्पतालमा उपचारका लागी ल्याएका थिए । आफु श्रीमान हु भन्दै भरतपुर अस्पतालमा उपचारका लागी भर्ना गरेको भएपनि अत्याधिक रत्तश्राबका कारण महिलाको मृत्यु भएको हो ।
घटनाको बिषयमा जानकारी पाएपश्चात मृतक महिलाको भाउजु भिम कुमारी तामागंले प्रहरीलाई खवर गरेको र पीडक हाल प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
मृतक महिलाको भाउजु भिम कुमारी तामागंको आर्थिक अवस्था समेत अत्यन्त नाजुक रहेकाले महिलाको दाहासंस्कार र पीडकलाई कानुनी दायरा ल्याउने बिषयमा मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी सहित, प्रहरी प्रमुख, अस्पतालमा आधारीत एकद्धार संकट व्यवस्थापन प्रणालीका प्रतिनिधि र महिला अधिकारकर्मीहरुबिच छलफल भएको छ ।
छलफल पश्चात मृतकको दाहासंस्कारका लागी अस्पतालमा आधारीत एकद्धार संकट व्यवस्थापन प्रणालीबाट १० हजार र जिल्ला प्रहरी कार्यलय अन्तर्गत लैङ्गिक हिंसा संजाल मार्फत १० हजार रुपैया नगद मृतकको भाउजुलाई हस्तान्तरण गरिएको छ । त्यस्तै दाहासस्कारमा लाग्ने अन्य खर्चको व्यवस्थापनका लागी प्रशासनले समेत सहयोग गरेको छ ।
यसैबिच घटनाको दोषीलाई कडा भन्दा कडा कारवाही गर्न र यस्ता घटना दोहोरीन नदिनका लागी सचेत रहने बिषयमा सम्बन्धित सरोकारबाला निकायहरुले तदारुकता रहने र दोषीलाई कडा सजाय दिलाउनका लागी सबै किसीमका प्रयास गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस