Nirvik Khabar

चितवनकाे जिल्ला समन्वय समिति प्रमुखमा अधिकारी

चितवन । चितवनकाे जिल्ला समन्वय समितिकाे प्रमुखमा एमालेबाट नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहांले गोलाप्रथाबाट गठबन्धनका पूर्ण बहादुर रानाभाटलाइ पराजित गर्नुभएको हाे । सत्तागठबन्धन र एमालेको समान ७ मत भएपछि गोलाप्रथा भएकाे हाे ।

उप प्रमुखमा भने एकीकृत समाजवादीबाट कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित हुनुभयाे। एक जना महिला सदस्य पाएको समाजवादीको स्थानमा पनि एमालेले उम्मेदवार नउठाई १४ मतका साथ पुजना गुरुङलाई निर्वाचित गराउन सहयाेग गरेपनि एमालेलाइ समाजवादी बाट मत नआउँदा बराबर भएपछि गाेलाप्रथा भएकाे हाे । ६ जना सदस्यका लागि एमालेले ५ जना उम्मेदवार बनाएको थियो । जसमध्ये गोलाप्रथाबाट ४ जना एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

खुल्लातर्फ तीन जना सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल मात्रै निर्वाचित हुनुभयो । गोलाप्रथाबाट नेकपा (एमाले)का कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित हुनभयाे । ३ जनाका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा र एमालेका लक्ष्मीनारायण चौलागाई पराजित हुनुभयाे । सबैको समान ७ मत प्राप्त भएको थियो ।

महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की पुजना गुरुङ शतप्रतिशत १४ मत प्राप्त गर्दै निर्वाचित हुंदा गठबन्धनको मात्र नभई नेकपा (एमाले)को समेत ७ मत प्राप्त गर्नुभयाे । एमालेले ३ जना महिला सदस्यका लागि २ जना मात्रै उम्मेदवार उठाएको थियो । अन्य महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल निर्वाचित भएका छन् । उहांहरु दुवै जना गोलाप्रथाबाट निर्वाचित हुनुभयाे। महिला सदस्यमा कांग्रेसकी अनिता चौधरी र माओवादीकी सुमित्रा तामाङ श्रेष्ठले समान ७ मत ल्याएपछि गोलाप्रथाबाट पराजित हुनुपर्याे ।

एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित हुनुभयाे । नेपाली कांग्रेसकी केशरी माया सुनार र गुनुको बराबर ७ मत भएपछि गोलाप्रथा भएकाे हाे । भरतपुरमा भएको निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस