Nirvik Khabar

अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग

k|ltlglw;ef a}7s sf7df8fF}, #) h]7M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf ;xefuL . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।

१४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद् बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो घटनाबारे छानबिन गर्न संसदीय समिति गठन र उक्त दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस