Nirvik Khabar

आईसीसीले क्रिकेट संघमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटायो

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो ।

यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर त्यसबेला आईसीसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै क्यानले ‘कन्ट्रोल फन्डिङ’ हटाएको क्यानले जनाएको छ ।

‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एक दिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस