Nirvik Khabar

मिटरब्याजी रामदेव साहविरूद्ध सप्तरीमा प्रदर्शन

received_2129529764081875

काठमाडौँ- मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारवाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् ।जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए । र्‍यालीले सहरको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए ।

जुलुसमा सहभागी पीडितहरूले गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवार माथि कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरब्याजी साह परिवारमाथि कारबाही गर, बलात्कारी रामदेव साह मुर्दावाद , मिटरब्याजी रामदेव साहलाई पक्राउ गरजस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएका मिटर व्याजी साह ठगीधन्दा गरी गाउँबाट भागेर धरानमा बस्दै आएका छन् ।

पीडितहरूलाई दुःख दिएको विषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गरि कारवाही अघि बढाउन निर्देश दिएका थिए ।प्रहरीले उनका छोरा नन्दकिशोर साह र छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेपनि मुख्य आरोपित रामदेव साह तथा अन्य आरोपित अझै फरार रहेका छन् ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस