Nirvik Khabar

बेलायतमा ४ लाख तलब पाउने गरि नेपाली नर्स जाँदै

काठमाडौँ : बेलायतमा मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट नर्स पठाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी संसदमा दिएका हुन् । प्रतिनिधिसभामा बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।

बेलायतपछि जापान, कोरिया, न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् । यद्यपी उनी आफ्नै कार्यकालको अन्तिम चरणमा रहेकाले मोटामोटी आफ्नो तयारीलाई संसद्मा प्रस्तुत गरेको आशंका गरिएको छ । यद्यपी बेलायतमा पनि तत्कालै नेपाली नर्स पठाउनेबारे छलफल चलिरहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस