Nirvik Khabar

अमेरिकामा महँगी पछिल्लो चार दशककै रेकर्ड स्तरमा

निर्भीक खबर
निर्भीक खबर

अमेरिकामा महँगी गत महिनामा तीव्र रूपमा बढेको छ । बढ्दो ऊर्जा र खाद्यान्नको मूल्य वृद्धिका कारण मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको छ ।श्रम विभागका अनुसार अप्रिलमा स्थिति ठिक भएपछि मे मा वार्षिक मुद्रास्फीति ८.०६ प्रतिशत पुगेको छ ।

बढ्दो महँगीले परिवारलाई समस्यामा पारेको छ भने सरकार मुद्रास्फीति नियन्त्रण गर्न दबाबमा छ ।यससँगै अमेरिकी केन्द्रीय बैंकले मार्चदेखि ब्याजदर बढाउने भएको छ ।

विश्लेषकहरूले मूल्य घटाउन केही कदम चालेको आशा गरेका थिए तर रुस र युक्रेनबीचको युद्धले कच्चा तेल र गहुँजस्ता वस्तुको मूल्य बढेको छ । रुस र युक्रेनका कारण अमेरिकाको निर्यात अवरुद्ध भएको छ, जसका कारण मुद्रास्फीतिसँग जुध्न पहिलेभन्दा कठिन भएको छ ।

मे २०२१ को तुलनामा, पछिल्लो महिनामा खाद्यान्नको मूल्य १० प्रतिशत र ऊर्जा ३४ प्रतिशतले बढेको छ ।यो वृद्धिले समग्र अर्थतन्त्रलाई असर गरिरहेको छ, जसका कारण एयरलाइन्सको टिकट, कपडादेखि स्वास्थ्य सेवासम्म सबै महँगो भएका छन् ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available