Nirvik Khabar

पृथ्वीराजमार्ग सडक भासिँदा कार र माेटरसाईकल नदीमा खस्याे, दुई जनाको शव फेला

गोरखा । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन– आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र माेटरसाईकल त्रिशुल नदीमा खसेको छ। बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको माेटरसाईकल नदिमा खसेको हाे ।

नदि किनारमा दुई जनाको शव भेटिएको छ । कारमा कति जना सवार थिए भन्ने अझै पत्ता भने नलागेको प्रहरीको भनाइ छ । माेटरसाईकलमा सवार ब्यक्ति भने हाम्फालेे बाँचेका छन् । सडक भासिँदा बिहान देखि दुई तर्फी सवारी आवागमन बन्द भएको हो ।

सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूलाई बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस