Skip to main content

Nirvik Khabar

सुत्केरी बिदा ६ महिना बनाइँदै, बाबुलाई पनि ४२ दिन स्याहार बिदा

Advertisements
Single Page Long - 2
काठमाडौँ, २० साउनः कानुन, न्याय तथा मानव अधिकार समिति बैठक काठमाडौँ, २० साउनः सिंहदरबारमा बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता

चितवन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधन तयारी भएको बताएकी छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन तयारी गरिएको बताएकी हुन् ।

मन्त्री गौतमका अनुसार ६ महिनाको तलबी बिदा आमालाई र बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा दिनेगरी कानून संशोधनको तयारी गरिएको हो ।

उनले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन मस्यौदा बनिसकेको छ । अब मस्यौदा मन्त्रिपरिषद् हुँदै संसदमा दर्ता तयारी गरिने उनले जानकारी दिएकी छन् ।

मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सालमा बनेक‍ो ऐन हो ।

यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी ९८ दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने, सुत्केरी स्याहारको लागि १५ दिनसम्मको बिदा बाबुले पाउने व्यवस्था ऐनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस