काठमाडौँ- इन्जिनियरसमेत रहेका रास्वपाका सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट लेदो हटाउन थालिएको जानकारी दिएका छन्।
यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनासकारी हिमपहिरोसहितको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा धेरै मानिसहरू फसिरहेको आशंका छ।त्यहाँ अहिले उद्धार कार्य जारी छ। नेपाली सेनाले भने चिलिमेमा ७ मात्रै फसेको जनाएको छ।
उद्धारमा सक्रिय न्यौपानले केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जलविद्युत् आयोजनामा पहिलोपटक ३ घटमिटर क्षमताको ह्विल लोडरमार्फत लेदो हटाउन थालिएको जानकारी दिएका हुन्। ‘चिलिमे जलविद्युत् आयोजनामा पहिलोपटक ३ घनमिटर क्षमताको ह्विल लोडर मार्फत सुरुङ भित्रको लेदो हटाउने तथा बाहिर फाल्ने कार्य तीव्र गतिमा जारी छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले चिलिमे जलविद्युत आयोजनाबाट नागरिकको जिवितै उद्धार हुने विश्वास व्यक्त गर्दै आएका छन्।

































Discussion about this post