जाजरकोटको भेरी नगरपालिका-२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने २ व्यक्ति अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।उनका अनुसार शनिबार साँझ खसेको पहिरोमा परी घाइते भएका भेरी नगरपालिका-२ नगरपालिका-२ साल्धारा बस्ने ५२ वर्षका केदार कार्कीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो।
यसअघि पहिरोमा स्थानीय ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला पारिएको थियो।डीएसपी थापाका अनुसार सोही नगरपालिका-२ चिसापानी बस्ने ७० वर्षीय भीमबहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्।
यस्तै ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन्। तीमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ।

































Discussion about this post