Skip to main content

Nirvik Khabar

देउवालाई विमानस्थलसहित यी ३ स्थानमा गरिँदै छ स्वागत

Advertisements
Single Page Long - 2

विदेशबाट साढे ५ महिनापछि आज साउन २८ गते स्वदेश फर्किन लागेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले व्यापक तयारी गरेको छ।  उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले तीन स्थानमा तयारी गरेका हुन्।

इतर समूहका नेता मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने भएका हुन्।

कांग्रेसका पूर्वसभापति देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।  कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनेछन्। उनको भव्य स्वागत गर्ने तयारी कांग्रेसको देउवा पक्षले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस