Skip to main content

Nirvik Khabar

सडकमा आइपुगेको मृगलाई जोगाउन खोज्दा पल्टियो ट्यांकर, लाग्यो आगो

Advertisements
Single Page Long - 2

रौतहटमा पेट्रोल ट्यांकर दुर्घटनापछि आगो लागेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक बिहीबार बिहान मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेको हो। आगलागीबाट ट्याङ्करसँगै सबै पेट्रोलियम पदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ट्याङ्कर एक्कासी सडकमा आइपुगेको मृग बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। बाराको सिमरा निवासी ट्याङ्कर चालक समिर गुरुङका अनुसार ट्याङ्कर पल्टिएपछि आगो लाग्न सुरु भएको थियो।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दुईवटा दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। दुर्घटनापछि बाराको सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय ट्याङ्कर चालक गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस