Skip to main content

Nirvik Khabar

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

Advertisements
Single Page Long - 2

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन् । सरकारले छनोट प्रक्रियामार्फत आवेदन दिएका उम्मेदवारमध्येबाट डा. आलमलाई परिषद्को अध्यक्षमा चयन गरेको हो ।नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा बोल्दै मन्त्री मेहताले फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षाको नियमन, पेसागत मर्यादा कायम र जनविश्वास अभिवृद्धिमा परिषद्ले

सक्रिय भूमिका निर्वाह गर्नुपर्ने भन्दै नवनियुक्त अध्यक्षलाई सोहीअनुसार काम गर्न निर्देशन दिइन् ।अध्यक्ष आलमले परिषद्को गरिमा बढाउँदै फार्मेसी क्षेत्रको सुधार र नियमनमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।v

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस