हिजो घटेको सुनचाँदीकै भाउ आज बढेको छ। सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार पुगेको हो। हिजो सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
































Discussion about this post