Skip to main content

Nirvik Khabar

आक्रोशकाबिच मध्यराति गृहमन्त्री गुरुङले यसरी जुटाए देवानगन्जमा सहमति

Advertisements
Single Page Long - 2

सुनसरीको देवानगन्ज गाउँपालिका कार्यालय वरिपरि बिहीबार मध्यराति पनि सर्वसाधारण र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। पाँच दिनअघि दुई समूहबिच भएको झडप नियन्त्रण गर्नेक्रममा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलन, आक्रोश र अन्योललाई मत्थर पार्न गृहमन्त्री सुधन गुरुङ स्वयं देवानगन्ज पुगेका थिए। बिहीबार राति करिब १० बजे  गृहमन्त्री गुरुङ देवानगञ्ज गाउँपालिका कार्यालयमा पुगेका थिए। त्यहाँ गाउँपालिकाको हलमा प्रवेश गर्दा वातावरण निकै गम्भीर र तनावपूर्ण देखिन्थ्यो।गृहमन्त्री पुग्ने वितिकै पालिकाको हलमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको सहजीकरणमा सुरु भएको छलफलमा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले गृहमन्त्रीसामु आफ्ना असन्तुष्टि र प्रश्नहरूको चाङ नै खडा गरेका थिए। गाउँपालिका अध्यक्ष बेचनलाल मेहता र पूर्वसंविधान सभा सदस्य मुङ्गालाल मेहताले घटनाको यथार्थ विवरण राख्दै पीडितको अवस्थाबारे ध्यानाकर्षण गराए।

लगत्तै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पाँच दिनसम्म देवानगञ्जमा सरकारको उपस्थिति नदेखिएको र समयमै ठोस कदम नचाल्दा आन्दोलनले उग्र रूप लिएको भन्दै गृहमन्त्रीलाई प्रश्नहरुको वर्षा गरे।​लामो बहस र रसाकसीपछि मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने लगायतका सातबुँदे सहमतिका बुँदाहरूगृहमन्त्रीले सुनाए। तर सहमति जुट्दै गर्दा बाहिरको माहोल भने अझ चर्किसकेको थियो।बाहिरका पत्रकारलाई मात्रै छलफलमा छिराएको तर स्थानीय पत्रकारहरूलाई भित्र प्रवेश नदिइएको भन्दै सुरु भएको असन्तुष्टिपछि भित्र गएका पत्रकारलाईपनि हलबाट निकालिएको थियो। भित्र वार्ता र छलफल भइरहँदा  बाहिर हिन्दुवादी सङ्गठनका युवाहरूले गरेको चर्को नाराबाजीले वातावरण एकाएक तनावग्रस्त बन्यो।

सहमतिपत्र तयार गरेर मृतकको घर तर्फ जान गाउँ पालिकाको हलबाट निस्किएका गृहमन्त्री गुरूङ प्रदर्शनकारीहरूको नाराबाजीका कारण केही समय गाउँपालिका कार्यालयभित्रै रोकिए।पछि स्थानीय सञ्चारकर्मीहरूसँग कुराकानी गरी प्रहरीको कडा सुरक्षा घेराबिच उनी करिब साढे तीन बजेतिर मृतकका परिवार भेट्न निस्किएका थिए।​गृहमन्त्री गुरुङ सर्वप्रथम साउन १० गते रातिको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको घर पुगे। सुरुमा स्तब्ध र आक्रोशित बनेका परिवारका सदस्यहरू सहमति पत्रमा हस्ताक्षर गर्न तयार भएनन्। पीडितको आँसु र अडानसामु गृहमन्त्री आफैँले हात जोड्दै न्यायको पूर्ण ग्यारेन्टी गर्ने र राज्यले अभिभावकत्व लिने प्रतिबद्धता जनाउनुपर्‍यो।करिब डेढ घण्टाको छलफलपछि  परिवारका सदस्य सम्झौतामा हस्ताक्षर गर्न राजी भएका हुन्। त्यसपछि अर्का मृतक प्रकाश मेहताको घर पुगेर गृहमन्त्री गुरुङले उस्तै आश्वासन र संवाद गरेपछि सम्झौता सम्भव भएको गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले जानकारी दिए।रातभर भएको छलफलपछि बिहान करिव ६ बजेतिर सहमति गरेर गृहमन्त्री विराटनगर तर्फ फर्किएका थिए।

त्यसक्रममा गृहमन्त्री गुरुङले राति नै अस्पतालहरूमा पुगेर घाइतेलाई भेटे। गृहमन्त्री गुरुङसँगै स्वास्थ्यमन्त्री निसा मेहता पिन देवानगन्ज गएकी थिइन्। नेपाली कांग्रेसका देवानगञ्ज पालिका सभापति जगदर यादवले नेपालखबरलाई दिएको जानकारी अनुसार रातभरिको प्रयास र निरन्तरको संवादपछि अन्ततः दिउँसो दुई बजेसम्म शव बुझेर दाहसंस्कार गर्ने सहमति जुटेको छ। गृहमन्त्री त्यस क्षेत्रबाट फर्किएपछि मात्र देवानगन्जको वातावरण केही शान्त बनेको छ। यतिबेला शोकमा डुबेको गाउँमा अन्तिम संस्कारको तयारी भइरहेको छ भने स्थानीयवासी न्यायको वाचा पूरा हुने आशामा प्रतीक्षारत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस