रामेछापको उमाकुण्ड गाउँपालिकामा गएरातिदेखिको अविरल वर्षासँगै आएको बाढीले लिखु–१ जलविद्युत आयोजनासहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार बिहान करिब १ः०५ बजे रामेछाप–सोलुखुम्बुको सिमानाबाट बग्ने लिखु खोलामा आएको बाढीले उमाकुण्ड गाउँपालिका–१ तान्दिङस्थित दुगड हाइड्रोअन्तर्गतको लिखु–१ जलविद्युत आयोजनाको बाँध (ड्याम)मा क्षति पुर्याएको हो।
ड्याममा क्षति पुगेपछि आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छघटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गुम्देलबाट प्रहरी सहायक निरीक्षक ललितकुमार साहको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। तर निरन्तरको वर्षाका कारण घटनास्थल पुग्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, वर्षाका कारण उमाकुण्ड गाउँपालिका–१ सुम्डास्थित बिसे खोलामा पहिरो जाँदा खोला थुनिएको थियो। त्यसपछि आएको पानीको बहावका कारण हिमगंगा नदीमा बनेको पक्की पुलमाथिबाट पानी बगेको छ।प्रहरीका अनुसार बाढीले रामेछाप र सोलुखुम्बु जोड्ने सवारीसाधन सञ्चालन हुने अन्य तीन वटा पुलमा पनि क्षति पुर्याएको छ।बाढीका कारण स्थानीय दोर्जे लामाको जस्ताले छाएको चिया पसलमा पनि पानी पस्दा क्षति भएको प्रहरीले जनाएको छ।
































Discussion about this post