Skip to main content

Nirvik Khabar

५ दिनदेखि सुनचाँदीकै मूल्य निरन्तर ओरालो, आज पनि घट्यो

Advertisements
Single Page Long - 2

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएका पाँच दिनदेखि सुनचाँदीकै मूल्यमा लगातार गिरावट आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलामा ९ सय रुपैयाँ घटेको सुनको भाउ आज २ हजार ४ सय घटेर २ लाख ८४ हजार ७ सयमा झरेको छ। हिजो सुनको भाउ २ लाख ८७ हजार १ सय थियो।

यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय, सोमबार तोलामा ९ सय र आइतबार ४ सय घटेको थियो। गएका पाँच दिनमा सुनको भाउ ६ हजार रुपैयाँ घटिसकेको छ।गत साताको बिहीबार र शुक्रबार भने सुनको भाउ तोलामा १२ हजार ४ सय बढेको थियो।त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १६० रुपैयाँ घटेर ४ हजार ३ सय ४० रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस