Skip to main content

Nirvik Khabar

स्वास्थ्यमन्त्री मेहतासँग नर्वेकी राजदूतले गरिन् शिष्टाचार भेट

Advertisements
Single Page Long - 2

आज बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन्। भेटका क्रममा नेपाल–नर्वेबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ।

नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायत क्षेत्रमा नर्वे सरकारले पुर्‍याइरहेको सहयोगको प्रशंसा गरिएको थियो।

मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेसन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्र सरकारका प्राथमिकतामा रहेको उल्लेख गर्दै यी क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गरिन्। राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुरूप स्वास्थ्यलगायत क्षेत्रमा आगामी दिनमा पनि नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस