आज सुनचाँदीकै भाउ थप घटेको छ। हिजो तोलामा १ हजार चारसय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको हो।तोलामा ९ सय रुपैयाँ घटेर सुनको भाउ आज २ लाख ८७ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको चार दिनदेखि सुनचाँदीकै भाउ लगातार घट्दै आएको छ। सुनको मूल्य हिजो तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको थियो।
त्यसअघि सोमबार तोलामा ९ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार पनि ४ सय रुपैयाँ घटेको थियो। आइतबार सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो।गएको बिहीबार र शुक्रबार भने सुनको भाउ तोलामा १२ हजार ४ सय बढेको थियो।त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ५ सयमा झरेको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


































Discussion about this post