Nirvik Khabar

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Advertisements
Single Page Long - 2

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको होमहासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले घटेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस