Nirvik Khabar

सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

Advertisements
Single Page Long - 2

आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेर २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो।  बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियो। यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ गएका ३ दिन लगातार घटेको हो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस