आज फेरि सुनचाँदीकै भाउ घटेको छ। सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ मंगलबार तोलामा ३ सय र सोमबार तोलामा पाँच हजार रुपैयाँ बढेको थियो। हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय थियो।
गएको आइतबार पनि सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको थियो।३ दिनमा ६५ सय बढेको सुनको भाउ आज घटेको हो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ।
गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post