Nirvik Khabar

जेल ब्रेकर उमा भुजेलमाथि नेकपा माओवादीको कारबाही, खोसियो सबै जिम्मेवारी

Advertisements
Single Page Long - 2

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले सचिवालय सदस्य उमा भुजेल (सिलु)लाई कारबाही गरेको छ ।आज सोमबार बसेको नेकपा (माओवादी) को सचिवालय बैठकले उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

‘…सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गर्दै हिडेको, पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध भड्काववादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो’ विप्लवले जारी गरेको पत्रमा उल्लेख छ ।भुजेल सशस्त्र द्वन्द्वको समयमा गोरखा जेल ब्रेक गर्नेमध्येकी एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस