Nirvik Khabar

एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन

Advertisements
Single Page Long - 2

 नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।उनले केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उदघाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरे ।

​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी छन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहेको एमालेले जनाएको छ ।​कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस