Nirvik Khabar

राष्ट्रिय सभाको बैठक बस्दै, प्रतिनिधिसभा ५ दिनका लागि स्थगित

Advertisements
Single Page Long - 2
????????, ? ??? : ???????????? ????? ?????? ?????????????? ?????? ????? ????? ?????? ????? ???????????? ?????? ????? ?????? ???? ????/?? ?? ???? ???????? ???????? ????????? ? ???????????? ????????? (?? ???????? ?????)?? ?????? ?????? ?????? ????? ??????????? ???????????? ????? ??????????? ?????? ? ?????? : ????????? ????/????

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बुधबार दिउँसो सबा १२ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर मंगलबार विपक्षी दलका सांसदले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध पारेका थिए। आज पनि विपक्षी दलका सांसदले राष्ट्रिय सभाको बैठक सञ्चालनमा अवरोध गर्ने सम्भावना छ।  प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध पार्दै आएका छन्।

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको थियो। विपक्षी दलको अवरोध जारी रहने निश्चित भएपछि संसद् सचिवाले पाँच दिनपछि मात्रै बस्नगरी प्रतिनिधिसभाको बैठक बोलाएको छ।मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।

कांग्रेस, एमाले, नेकपासहित सबै विपक्षी दलका सांसद्ले प्रधानमन्त्री शाहले संसद्‍मा आए आएर माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन्। मंगलबार विपक्षी सांसदले उभिएर विरोध जनाइरहेकै बेला सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक सञ्चालन गर्न खोजेका थिए। त्यसलगत्तै विपक्षी दलका सबै सांसदले ‘बेल’ घेराउ गरेका थिए। सांसदले ‘बेल’  घेराउ गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ सोमबार बिहान ११ बजेका लागि आह्वान भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस