गएको आइतबार तोलामा २० हजार रुपैयाँ भन्दा धेरै बढेको सुनको भाउ आज पनि बढेको छ। सुनको भाउ आज तोलामा चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हिजो सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो। गएको आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


































Discussion about this post