श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले भर्खरै पार्टी प्रवेश गरेका नेता सुदन किराँतीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको रूपमा अघि सार्ने विषयमा सार्वजनिक रूपमा सुझाव माग गरेका छन्। साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमा ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला?’ भनी सुझाव माग गरेका हुन्।
दुई दिनअघि मात्र श्रम संस्कृति पार्टीमा प्रवेश गरेका किराँतीलाई सिधै प्रदेशको नेतृत्वदायी भूमिकामा अघि सार्ने विषयमा उनले साम्पाङले आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्युलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला? आफ्नो राय दिनुस् त!’
आगामी २०८४ सालमा हुने प्रदेशको निर्वाचनलाई लक्षित गरेर साम्पाङले तयारी सुरु गरेको जनाइएको छ। त्यसैका लागि उनले किराँतीको प्रस्ताव ल्याएको श्रम संस्कृति पार्टीका नेताहरूको भनाइ छ।

































Discussion about this post