Nirvik Khabar

मुग्लिनमा निःशुल्क स्वास्थ्य शिविर, १७५ जना लाभान्वित

Advertisements
Single Page Long - 2

भरतपुर – चितवनको मुग्लिन मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको स्कुल अफ हेल्थ साइन्स भरतपुर ले वैशाख २५ गते इच्छाकामना गाउँपालिका–५ मा शिविर आयोजना गरेको हो।

इच्छाकामना गाउँपालिकाको सहकार्य तथा भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पताल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा दन्त चिकित्सकबाट दन्त परीक्षण गरिएको शिक्षालयले जनाएको छ।

शिविरमा डा. प्रतिक न्यौपाने, डा. शशांक कुमार सिंह, डा. अनुप लुइटेल र डा. सुनिल कुमार खरेल लगायत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए।

आयोजकका अनुसार शिविरमा चितवनसहित गोर्खा जिल्ला र तनहुँ जिल्ला बाट आएका बिरामीहरूले समेत स्वास्थ्य सेवा लिएका थिए।

कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, वडा नं ५ का अध्यक्ष तेजबहादुर शेरचन, शिक्षालयका उपप्रमुख, विभागीय प्रमुख, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता शिक्षालय प्रमुख सुमन पौडेल ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस