गएका दुई दिनसम्म लगातार बढेको सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबार सुनको भाउ तोलामा २७ सय र सोेमबार तोलामा १३ सय रुपैयाँ बढेको थियो। हिजो तोलाको ३ लाख ५ सय पुगेको सुनको भाउ आज घटेको हो। यसअघि गएको बुधबार, बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय, बिहीबार १८ सय र बुधबार आठसय रुपैयाँ घटेको थियो।
त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेर तोलाको ४ हजार ९४५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ४५ रुपैयाँ पुगेको थियो।गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


































Discussion about this post