Nirvik Khabar

युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावमा यसकारण असन्तुष्ट छन् ट्रम्प

Advertisements
Single Page Long - 2

इरानले हालै युद्ध अन्त्य गर्न अमेरिकालाई नयाँ प्रस्ताव पठाएको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसबाट असन्तुष्ट छन्।रोयटर्सले एक अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार ट्रम्पको असन्तुष्टि प्रस्तुत प्रस्तावमा इरानको आणविक कार्यक्रम उल्लेख नगरिएकामा हो।

एक अमेरिकी अधिकारीले भनेका छन्, ‘दुई महिना लामो युद्ध समाधान गर्न इरानको नयाँ प्रस्तावप्रति राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट छन्। यसले ऊर्जा आपूर्ति अवरुद्ध गर्ने, मुद्रास्फीति बढाउने र हजारौंको ज्यान लिने द्वन्द्व समाधानको आशालाई क्षीण बनाएको छ।इरानको नयाँ प्रस्तावले युद्ध अन्त्य र खाडी हुँदै ढुवानीसम्बन्धी विवाद समाधान नभएसम्म इरानको आणविक कार्यक्रमको छलफललाई स्थगन गर्नेछ।’

यसअघि ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग प्रस्तावमा छलफल गरिरहेको बताएकी थिइन्। यसैबिच अमेरिका र इरानबिच द्वन्द्व कायमै रहँदा यस क्षेत्रबाट हुने ऊर्जा आपूर्ति घटेको छ।अर्कातर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले बितेका दुई दिनभित्र पाकिस्तान, ओमान र रुसको यात्रा गरेका छन्। उनको उद्देश्य इरानका लागि समर्थन जुटाउनु हो भन्ने ठानिएको छ।इरान र अमेरिकाबिच पाकिस्तानमा दोस्रो चरणको वार्ता गर्ने प्रयास असफल भएपछि ट्रम्पले इरानले फोनमार्फत आफ्नो प्रस्ताव पठाउन सक्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस