Nirvik Khabar

चिनियाँहरुको नेपालमा आपराधिक गतिविधि बढ्दो, तीन करोड ८९ लाखसहित चार चिनियाँ पक्राउ

Advertisements
Single Page Long - 2

काठमाडौं । नेपालमा चिनियाँहरुको आपराधिक गतिविधि बढ्दै गएको छ । पछिल्लो समय मंगलबार मात्रै प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको बीएबी ५७१० नम्बरको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ का ४४ वर्षीय फूलबहादुर गुरुङ तथा चिनियाँ नागरिक ५० वर्षीय आउङ जाइकिङ, ४९ वर्षीय जान तो, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षीय माउजैन हउ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुबाट प्रहरीले रु एक हजार दरको ३६ हजार ४१३ थान, रु ५०० दरको पाँच हजार एक थान, रु १०० दरको दुई थान, रु २० दरको एक थान रकम बरामद गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रवक्ता मैनालीले बताए ।

यसअघि पनि चिनियाँहरु पक्राउ पर्दै आएका छन् । चिनियाँले नेपालीलाई प्रयोग गरेर यस्ता गतिविधिहरु गर्दै आएको पाइएको हो । पहिलो पटक एटीएमबाट उनीहरुले रकम लुटेर जस्तासुकै आपराधिक क्रियाकलाप गर्न सकिने चुनौती नेपाली सुरक्षा नीतिलाई दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस