Nirvik Khabar

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

Advertisements
Single Page Long - 2

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा उनले सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’संस्कृत भाषाको उक्त श्लोकको भावार्थ खुलाउँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना पनि गरेका छन्।

‘सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस