Nirvik Khabar

युद्धविरामसँगै संकटमा घेरिए ट्रम्प, राजीनामा माग्दै प्रदर्शनमा उत्रिए ८५ सांसद

Advertisements
Single Page Long - 2

मध्यपूर्वमा करिब एक महिनादेखि जारी द्वन्द्वपछि दुई हप्ताका लागि युद्धविराम भएको छ। इरान र संयुक्त राज्य अमेरिकालगायतका देशबीच भएको यो सहमतिलाई धेरैले सकारात्मक कदमका रूपमा लिएका छन्।तर, एकातिर युद्धविरामले राहतको संकेत देखिए पनि अर्कोतर्फ अमेरिकाभित्रै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विरोध प्रदर्शन तीव्र भएका छन्।

युद्धविराम घोषणा भएलगत्तै ह्वाइट हाउस बाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका छन्। उनीहरूले ट्रम्पको राजीनामाको माग गरेका छन्।प्रदर्शनकारीमध्ये एक, मोर्गन टेलरले भने— “हामी अहिलेको अवस्थालाई सहन सक्दैनौँ, त्यसैले यहाँ आएका हौँ। हामी चुनावसम्म पर्खन सक्दैनौँ। देशभित्र र विश्वभर भइरहेको हिंसा तुरुन्त रोक्नुपर्छ।”साधारण नागरिक मात्रै होइन, ८५ जना सांसदहरूले समेत ट्रम्पको राजीनामा माग गरेका छन्। यसले उनको नेतृत्वमाथि राजनीतिक दबाब झन् बढाएको छ।प्रदर्शनकारीहरूले केवल राष्ट्रपति मात्र होइन, सम्पूर्ण शासन प्रणाली नै परिवर्तन हुनुपर्ने बताएका छन्।

उनीहरूको भनाइ अनुसार, “जबसम्म नेतृत्व परिवर्तन हुँदैन, हामी दैनिक रूपमा सडकमा उत्रिरहन्छौँ।”अर्का एक प्रदर्शनकारीले विदेशी सैन्य हस्तक्षेपको कडा विरोध गर्दै भने, “निर्दोष नागरिकको ज्यान जाने कुनै पनि सैन्य कारबाही स्वीकार्य छैन। अमेरिकी सेनाले बिना सोचविचार इरानमाथि बमबारी गर्नु हुँदैन, जसले समग्र क्षेत्रलाई असर पुर्‍याउँछ।”युद्धविरामले अन्तर्राष्ट्रिय स्तरमा राहतको सन्देश दिएको भए पनि अमेरिकाभित्र राजनीतिक असन्तोष बढ्दो देखिएको छ। आगामी दिनमा यसले ट्रम्पको नेतृत्वमा कस्तो असर पार्छ भन्ने महत्त्वपूर्ण हुनेछ। एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस