Nirvik Khabar

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि

Advertisements
Single Page Long - 2

आज सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ। सुनको मूल्य आज तोलामा सात हजार दुई सय रुपैयाँ रुपैयाँ बढेर दुई लाख ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो तोलामा चारसय रुपैयाँ बढेर सुनको भाउ तोलाको दुई लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँ बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस