Nirvik Khabar

सर्वोच्चले झिकायो जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन

Advertisements
Single Page Long - 2

सर्वोच्च अदालतले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन झिकाएको छ। सोमबार सवोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश दिएको हो। पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन मगाएको हो।

सरकारले जेनजी आन्दोलनको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो। पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी यशोदा लेखकले चैत १५ मा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश दिएको हो। पूर्वगृहमन्त्री लेखकलाई हिरासतमुक्त गर्ने आदेश दिन भने अस्वीकार गरेको छ। यसअघि चैत १५ मा प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो। जिल्ला अदालतले लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस