Nirvik Khabar

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफ्नो तत्कालीन जेन-जी आन्दोलनमा समर्थन नरहेको जनाएका छन् । जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्कीको आयोगलाई बालेनले जेन-जीको र्‍यालीमा समर्थन रहेको तर आन्दोलनमा नरहेको बयान दिएका हुन् ।

‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन’, बालेनले आयोगलाई दिएको लिखित बयानमा उल्लेख छ ।

साथै, उनले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्न भूमिका खोलेको भन्दै तत्कालीन सरकार र सरकारमा सहभागी दलले सम्पूर्ण क्षतिको जिम्मेवारी लिनुपर्ने बयान आयोगसमक्ष दिएका छन् ।‘तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ’, बालेले आयोगसमक्ष भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस