Nirvik Khabar

पैदलयात्रीलाई जोगाउन खोज्दा बस सडकबाट खस्यो

Advertisements
Single Page Long - 2

कैलालीमा पैदल यात्रीलाई जोगाउन खोज्दा बस पल्टिएको छ। शनिबार साँझ काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सडकमा हिँडिरहेका स्थानीय ५५ वर्षीय भक्तबहादुर बटालालाई जोगाउने क्रममा बस सडकबाट तल खसेको हो। बसको ठक्करबाट बटाला भने सामान्य घाइते मात्र भएका छन्। उनको सुखडस्थित अस्पतालमा उपचार भइरहेको ।

पैदलयात्रीलाई बचाउन खोज्दा बस विपरीत दिशाको सडकबाट तल खसेको प्रहरीले जनाएको छ। बस दुर्घटनमा परेपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस