Nirvik Khabar

रविको मुद्दा फिर्ताको रिटमा बहस सकियो, आजै आदेश आउने सम्भावना

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास भरखरै बहस सकिएको हो। सोमबारदेखि यस रिटमा सुनुवाइ हुँदै आएको थियो। यसअघि तीन दिन ‘हेर्दाहेर्दै’मा रहँदै आएको रिटमा आज बहस सकिएसँगै आदेश आउन सक्ने सम्भावना रहेको जनाइएको छ।

लामिछानेविरुद्ध विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता सविता भण्डारी बरालले निर्णय गरेकी थिइन्। उनले आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन्। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन पेस गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने आदेश दिएका थिए।

मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस