अक्षय कुमार अभिनीत बलिउड फिल्म ‘भूत बंगला’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा हास्य शैलीसँगै डर र रहस्यको कथा समेटिएको छ।अक्षयले एउटा पुरानो दरबारजस्तो घर उत्तराधिकारमा पाउँछन्, जहाँ भूतको प्रभाव देखिन्छ। मंगलपुरमा रहेको उक्त दरबारसँग जोडिएको एक रहस्यमय कथाको झलक पनि टिजरमा प्रस्तुत गरिएको छ।
टिजरमा अक्षयसहित परेश रावल, तब्बु, वामिका गब्बी, राजपाल यादव, मिथिला पालकर, जिशु सेनगुप्ता, राजेश शर्मालगायतको पात्रको परिचय समेत गराइएको छ। प्रियदर्शन निर्देशित यो फिल्म हररकमेडी जनरामा बनेको हो।यसै फिल्ममार्फत १४ वर्षपछि अक्षय कुमार र निर्देशक प्रियदर्शनको जोडी पुनर्मिलन भएको छ। ‘हेरा फेरी’ र ‘भूल भुलैया’ जस्ता प्रतिष्ठित कमेडी फिल्महरू पछि यो जोडीले दर्शकहरूलाई उही शैलीमा रोमाञ्चित गर्न तयार छ।
यो फिल्म बालाजी मोशन पिक्चर्स र केप अफ गुड फिल्म्सले संयुक्त रूपमा निर्माण गरेको हो। अक्षय कुमारसहित फिल्ममा वामिका गब्बी, परेश रावल, तब्बु र राजपाल यादवको अभिनय छ। यो फिल्म अप्रिल १०, २०२६ मा रिलिज हुँदैछ।


































Discussion about this post