वलपुर। जेठ २२ गते पूर्वपश्चिम राजमार्गकाे नवलपुर खण्ड बन्द हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गरेर महेन्द्र राजमार्गको चोरमारामा पुल मर्मत गरिने र साे क्रममा सडक बन्द हुनेछ ।
गिरुवारी खोलामा रहेको पुलको बिचमा परेको प्वालको कारण यातायात सञ्चालन गर्न अत्यन्त जोखिम देखिएकोले तत्काल मर्मत कार्य गर्नका लागि निर्माण व्यवसायी गौरी पार्वती – गिताङ्जली आजाद जे.भी. काठमाडौंलाई निर्देशन दिइएको र सो कार्यका लागि सवारी यातायत बन्द गर्नु पर्ने भएकोले जेठ २२ गते बिहान ८:०० बजे देखि दिउसो २:०० बजेसम्म पुलबाट यातायात साना र ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने भएकोले आवश्यक सहजीकरण गरिदिनु अनुराेध गरिएको छ ।
उक्त समयमा सो सडक खण्डबाट पूर्व पश्चिम भई गुड्ने एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाई वैकल्पिक मार्गको प्रयोग गर्ने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिनु भन्दै अनुराेध गरिएको छ ।
Discussion about this post