Nirvik Khabar

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

Advertisements
Single Page Long - 2

इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा इजरायलद्वारा गरिएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ।लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले उक्त घटनाबारे जानकारी दिएको हो । लेबनानमाथि भएका इजरायली हमलामा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएका छन्।

कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको जनाएको छ।सेनाका अधिकारी मोहम्मद अल–मन्सूरीका अनुसार ती ड्रोनहरू कुवेत सीटी नजिकैका सल्वा र हवाली क्षेत्रमा प्रवेश गर्न खोजिरहेका थिए। वायु प्रतिरक्षा प्रणालीले समयमै ती ड्रोनलाई रोक्न सफल भएको उनले बताए।

उनका अनुसार घटनामा कोही घाइते भएका छैनन् । देशको अवस्था पूर्ण रूपमा सामान्य छ। ड्रोन कुन देशबाट पठाइएका थिए भन्नेबारे अधिकारीले खुलाएका छैनन्।पछिल्ला दिनहरूमा इरान खाडी क्षेत्रका केही देशहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस