Nirvik Khabar

आजदेखि एकसातासम्म सार्वजनिक बिदा

Advertisements
Single Page Long - 2

आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ।फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो।यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ।

निर्वाचनको बिदा सुरु हुनुअघि आज र भोलि होली पर्व परेको छ। होलीका लागि आज फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा छ। निर्वाचनको बिदा सकिएको भोलिपल्ट फागुन २३ गते शनिबार परेको छ। फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सरकारले सार्बजनिक बिदा दिँदै आएको छ।

निर्वाचन र होलीको कारण काठमाडौँका सडकमा आज सवारी साधन पातलो चलेका छन्। सार्वजनिक बिदा अवधि लामो हुने भएपछि यसपटक धेरै मानिस होली पर्व मनाउन र निर्वाचनमा सहभागी हुन काठमाडौँबाट गाउँ गएका छन्। तर नेपाल राष्ट्र बैंकले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस