Nirvik Khabar

सेयर बजारका लगानीकर्ता आन्दोलनमा

Advertisements
Single Page Long - 2

काठमाडौं। सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयर बजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन्। सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुँदा सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरूले शनिवार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन्।

शनिवार बिहान ११ बजे वाल्मीकिमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए। ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने।

शीर्ष नेताहरूको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस