Nirvik Khabar

छुट्लान् दुर्गा प्रसाईं ? समर्थक पुगे माइती घर (तस्बिर)

Advertisements
Single Page Long - 2

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका अभियन्ता दुर्गा प्रसाईं रिहा हुने भन्दै उनका समर्थकहरू माइतीघर मण्डलमा जम्मा भएका छन् ।सर्वोच्च अदालतले गत शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उपस्थित गराउँदैछ । सम्भवत: उनी सर्वोच्चको आदेशमा रिहा हुने सम्भावना उच्च छ । त्यससँँगै उनका सयौँ समर्थक माइतीघर पुगेका हुन् ।

उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।पछिल्लो पटक उनी निर्वाचन भाँड्न सक्रिय भएको सूचना आएको भन्दै सरकारको निर्देशनमा पक्राउ गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस