धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ ।पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थाकालाई मलेखु र जिल्ला अस्पताल पठाइएको थियो ।रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए ।घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो बस सडकबाट तल त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको छ । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘प्रहरीहरुको टर्च बाल्दै घाइतेहरुको उद्धार गर्यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले

































Discussion about this post