Nirvik Khabar

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

Advertisements
Single Page Long - 2

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक भए लगत्तै कांग्रेस नेता रामहरि खतिवडाले राज्यको सुरक्षामाथि प्रश्न उठाएका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या भएको भन्दै उनले राज्य सुरक्षाको हिसाबले कमजोर देखिएको बताएका हुन् ।

भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको घटना सार्वजनिक भएपछि खतिवडाले राज्यको सुरक्षामा प्रश्न उठाएका हुन् । वृद्ध दम्पतीले सञ्चालन गरेको किराना पसलमा लुटपाटपछि हत्या भएको खुलेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार घटनापछि सुरक्षाकर्मी घटनास्थलतर्फ गइरहेको बताएका छन् ।
ओखलढुंगामै एक महिना अगाडि एक दम्पतीको हत्या भएको थियो । चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र पत्नी रत्नमाया थापामगरको हत्या भएको एक महिनापछि जिल्लामा अर्को दम्पतीको हत्या भएको भन्दै नेता खतिवडाले आपत्ति जनाएका हुन् । नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘ओखलढुङ्गामा एक पछि अर्को शृङ्खलाबद्ध रुपमा घटना घट्नु भनेको राज्य सुरक्षाको हिसाबले कमजोर बन्दै गएको हो ,भन्ने आभास भएको छ। फेरि पनि चिशंखुगढ़ी ६ भदौरे बोहोरे निवासी चन्द्र बिक्रम राई दम्पतिको गएराति लुटपाट पछी हत्या भएको खबर छ ।घटनाको गहिरो अनुसंधान गरि दोषी उपर कड़ा कार्वाहीको माग गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस