Nirvik Khabar

एनपीएलमा आज यी चार टोलीबीच प्रतिस्पर्धा

Advertisements
Single Page Long - 2

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा आज पहिलो खेल शुक्रबार बिहान ११ः४५ बजेदेखि सुरु हुँदैछ।

याे खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन्। दिउँसाे ४ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्ने तालिका छ।चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ। तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ। अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस