काठमाडौं – तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ मध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ ।तारा एयरले विज्ञप्तिमार्फत २२ मध्ये २१ जनाको शव फेला परेको र तीमध्ये १० जनाको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
तीमध्ये १० जनाको शव कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइएको बताइएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । हाल उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।
काठमाडौं ल्याइएको शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरेमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सेनाले फेला पारेको थियो ।
Discussion about this post